नेपाली कांग्रेसको भ्रातृ संस्था नेपाल विद्यार्थी संघले विधान संशोधन तथा परिमार्जन समिति गठन गरेको छ।
नेविसंघ अध्यक्ष दुजाङ शेर्पाका अनुसार जुम्लाका नगेन्द्रप्रसाद आचार्य (एनपी) को संयोजकत्वमा ५ सदस्यीय समिति गठन गरिएको हो।
सदस्यहरूमा मोरङका विवेक लिम्बू, तनहुँका राजेशकुमार श्रेष्ठ, बर्दियाका सुनिल शाही र कपिलवस्तुकी मन्जु विश्वकर्मा छन्।
विधानमा भएका व्यवस्था समयानुकूल संशोधन तथा परिमार्जन गर्न उक्त समिति गठन गरिएको नेविसंघले जनाएको छ।
कांग्रेसले चैतभित्र नेविसंघको महाधिवेशन गर्न निर्देशन दिएको छ।