राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले स्थानीय तह उपनिर्वाचनका लागि उम्मेदवारी आह्वान गरेको छ।
स्थानीय तहमा उम्मेदवारी दिने उम्मेदवार चयन गर्न केन्द्रीय निर्वाचन संयोजन समितिले प्रारम्भिक निर्वाचनको तयारी गरेको छ। त्यसैका लागि बिहीबार उम्मेदवारी आह्वान भएको हो।
प्रारम्भिक निर्वाचन कार्यतालिका अनुसार कात्तिक २२ देखि २५ गते दिउँसो दुई बजेसम्म उम्मेदवारी दर्ताको समय तोकिएको छ।
कात्तिक २५ गते बेलुकी ८ बजेसम्म प्रारम्भिक उम्मेदवारहरूको नामावली प्रकाशन हुनेछ। कात्तिक २६ गते अपराह्न पाँच बजेसम्म दाबीविरोध र २०८१ कात्तिक २७ गते उम्मेदवारका आकांक्षीहरूसँग छलफल गर्ने कार्यसूची छ।
कात्तिक २७ गते अन्तिम नामावली प्रकाशन र २८ गते बेलुकी सात बजेसम्म मतदानको समय तोकिएको छ।
कात्तिक २९ गते नतिजा प्रकाशन हुनेछ।
स्थानीय तह उपनिर्वाचनका लागि मंसिर १६ गते उपनिर्वाचन हुँदैछ। स्थानीय तहको चुनावमा रास्वपा पहिलो पटक सहभागी हुन लागेको हो।
यो पनि: उपनिर्वाचन परिचालनका लागि रास्वपाले तोक्यो सात नेता