नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड'ले आफ्नो एउटा हैरानी प्रधानमन्त्री केपी शर्मा ओलीले सल्टाइदिएको बताएका छन्।
शनिबार काठमाडौंमा आयोजित खबरदारी सभालाई सम्बोधन गर्दै अध्यक्ष प्रचण्डले भाटभटेनी प्रचण्डको हो भन्ने आरोप आफूले वर्षौंदेखि खेपिरहेकोमा प्रधानमन्त्री ओलीले यसपालि क्लियर गरिदिएको बताएका हुन्।
उनले ललितानिवासको सरकारी जग्गा प्रकरणमा कारबाही चलाइरहँदा पनि भाटभटेनी प्रचण्डको हो भनेर आफूलाई हैरान पारेको बताए।
'म होइन भन्छु, पत्याउँदैनथे। कसरी क्लियर गर्नेहोला भनेर म हैरान थिएँ । कसरी क्लियर गर्नेहोला। केपी ओलीले क्लियर गरिदिनुभयो,मैले बोल्नैपरेन। म खुशी छु,' उनले भने।
प्रधानमन्त्री ओलीले पहिल्यैदेखि एमालेको कार्यकर्ता हो भनिदिएपछि भाटभटेनीलाई लिएर आफूमाथि लाग्ने आरोप दूर भएको बताए।