नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले केही समय कांग्रेस र एमालेसँग सहकार्य गरेर गम्भीर गल्ती भएको बताएका छन्।
शनिबार काठमाडौंमा आयोजित खबरदारी सभालाई सम्बोधन गर्दै अध्यक्ष प्रचण्डले केही समय एमाले र कांग्रेससँग सहकार्य र समीकरण गरेर गल्ती गरेको र अब त्यस्तो गल्ती नहुने बताएका हुन्।
'अब गर्दैनौं। अहिले गम्भीर आत्मसमीक्षाा छौं,' उनले भने।
उनले कसैसँग मिलेर फेरि माओवादी आउँछ कि भनेर टेन्सन नलिन पनि आग्रह गरे।
'फेरि एमाले फर्काउला र फेरि कांग्रेस फकाउला भनेर नसोच्नुस् ढुक्का हुनुस्,' उनले भने, 'अब एक्लै लडिन्छ। जति आउँछ आउँछ।'
उनले सरकारमा रहेका दलरहरूलाई सडकबाट सत्ता फेर्न लागेको हो कि भन्ने चिन्ता छ भने त्यसबाट मुक्त हुन आग्रह पनि गरे।
माओवादीलाई जनतातिरै फर्काइदिएकामा पनि उनले कांग्रेस र एमालेलाई धन्यवाद दिए।