प्रमुख प्रतिपक्षी नेकपा (माओवादी केन्द्र) सहित विपक्षी दलका नेताहरूले राष्ट्रपति रामचन्द्र पौडेललाई भेट्ने भएका छन्।
विपक्षी दलका नेताहरूले बुधबार अपराह्न ४ बजे राष्ट्रपति पौडेललाई भेट्ने भएका हुन्।
विपक्षी दलले राष्ट्रपति पौडेललाई भेट्न लागेको माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड' ले बताएका छन्। सरकारका कामकारबाहीमा विपक्षी दलहरूले असन्तुष्टि जनाउँदै आएका छन्।
उनीहरूले यसअघि प्रधानमन्त्री केपी शर्मा ओलीलाई भेटेर विभिन्न विषयमा ध्यानाकर्षण पत्रसमेत बुझाएका थिए। ओली नेतृत्वमा सरकार बनेको एक सय दिन पुगेको छ।