प्रधानमन्त्री केपी शर्मा ओलीले सत्तारूढ दलको बैठक बोलाएका छन्।
बैठक प्रधानमन्त्री निवास बालुवाटारमा बुधबार बिहान ९ बजे बैठक बस्ने उनको सचिवालयले जानकारी दिएको छ।
सरकारको सयदिने कामको समीक्षा, पछिल्लो राजनीतिक घटनाक्रम लगायतका विषयमा छलफल गर्न प्रधानमन्त्रीले सत्ता साझेदार दलहरूलाई छलफलका लागि बोलाएका हुन्।
सरकारमा नेपाली कांग्रेस, नेकपा (एमाले), जनता समाजवादी पार्टी, लोकतान्त्रिक समाजवादी र नागरिक उन्मुक्ति पार्टी सहभागी छन् भने जनमतले समर्थन गरेको छ।