गण्डकीका नवनियुक्त मन्त्री भेषबहादुर पौडेलले शपथ लिएका छन्।
मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले सोमबार पौडेललाई वन तथा वातावरण मन्त्री बनाएका थिए।
सोमबार अपराह्न मन्त्री पौडेलले शपथ लिएका हुन्। प्रदेश प्रमुख डिल्लीराज भट्टले मन्त्री पौडेललाई शपथ गराएका हुन्।
कांग्रेस सांसद पौडेल महामन्त्री गगन थापानिकट मानिन्छन्।
गण्डकी प्रदेशका सांसद राजिव गुरुङ ‘दीपक मनाङे’ले छाडेको वन तथा वातावरण मन्त्रालय पौडेलले पाएका हुन्। उनी २०७९ मंसिरको चुनावमा लमजुङ प्रदेश सभा ‘क’ बाट निर्वाचित भएका थिए।
यो पनि: दीपक मनाङेले छाडेको वन मन्त्रालय पौडेललाई, आजै शपथ