नेकपा (एमाले) को सचिवालय बैठक आइतबार बस्दैछ।
आज साँझ ५ बजे ललितपुर, च्यासलस्थित पार्टी केन्द्रीय कार्यालय सचिवालय बैठक बोलाइएको प्रचार विभाग प्रमुख राजेन्द्र गौतमले जानकारी दिए।
सचिवालय बैठक बोलाइए पनि सदस्यहरूलाई कार्यसूचीबारे जानकारी दिइएको छैन।
‘बैठक छ भनेर सूचना आएको छ। तर कार्यसूचीबारे केही भनिएको छैन,’ एक नेताले भने।
अर्का सचिवालय सदस्यले भने पछिल्लो राजनीतिक अवस्थाबारे छलफल गर्न सचिवालयको बैठक बोलाइएको बताए।
‘व्यवसायी मीनबहादुर गुरूङले दान दिएको जग्गाबारे बाहिर टीकाटिप्पणी भएको छ। त्यसबारे पार्टीका नेताहरूकै फरकफरक धारणा सार्वजनिक भएको छ। त्यसबारे समान धारणा बनाउनुपर्ने छ। सरकारका कामकारबाही लगायतका विषयमा पनि छलफल हुनेछन्,’ ती सदस्यले भने।