नेकपा माओवादी केन्द्रका उपमहासचिव जनार्दन शर्मा र नेकपा एकीकृत समाजवादीका महासचिव घनश्याम भूसालबीच समसामयिक राजनीतिबारे छलफल भएको छ।
बिहीबार काठमाडौंमा करिब एक घण्टा भएको कुराकानीमा कम्युनिष्ट आन्दोलनलाई नयाँ सिराबाट लैजाने विषयमा कुराकानी भएको स्रोतले बतायो।
दुई नेताबीच भएको छलफलमा देशको राजनीतिक अवस्था र अबको समाजवादी क्रान्तिको नेतृत्व सबै कम्युनिष्ट पार्टीलाई एकताबद्ध गर्दा मात्र सम्भव भएको र यसका लागि आ-आफ्नो ठाउँबाट योगदान गर्ने विषयमा पनि कुराकानी भएको स्रोतको दाबी छ।
यसअघि माओवादी केन्द्रका उपमहासचिव शर्माले कम्युनिष्ट पार्टी एक हुनुपर्ने विषयमा नै केन्द्रित रहेर नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का महासचिव नेत्रविक्रम चन्द 'विप्लव' सँग छलफल गरेका थिए।