खानेपानी मन्त्री प्रदीप यादवले दसैंको मुखमा जुनसुकै बेला अत्यावश्यक काम पर्न सक्ने भएकाले कर्मचारीलाई फोन अफ नगर्न निर्देशन दिएका छन्।
बुधबार मन्त्रालयले आयोजना गरेको दसैंको शुभकामना आदान प्रदान कार्यक्रममा बोल्दै मन्त्री यादवले मातहतका सबै कर्मचारीलाई खानेपानी लगायत अत्यावश्यक काम पर्न सक्ने भएकाले चाडबाडका बेला पनि फोन अफ् गरेर नबस्न निर्देशन दिएका हुन्।
दसैं पर्वले आपसी मेलमिलाप, एकता, र भाइचारा कायम गर्न प्रेरित गरोस् भन्ने कामना पनि उनले गरेका छन्।
‘हाम्रो समाजलाई स्वच्छ, स्वस्थ र समृद्ध बनाउन मन्त्रालयले गरिरहेको काममा निरन्तर सहयोगको अपेक्षा राख्दै, आगामी दिनहरूमा अझै नयाँ उचाइमा पुग्न हामी सबैको साथ र समर्थन आवश्यक छ,’ उनले भनेका छन्।