विजया दशमीको दिनमा राष्ट्रपति रामचन्द्र पौडेलले इच्छुक सर्वसाधरणहरूलाई पनि टीका लगाइदिने भएका छन्।
मंगलबार राष्ट्रपति कार्यालयका सहायक प्रवक्ता बसन्तप्रसाद पन्थीले विज्ञप्ति जारी गर्दै इच्छुक सर्वसाधारणले टीकाको दिन अपराह्न साढे ३ बजेदेखि ५ बजेसम्म टीका लगाउन पाउने जनाएको हो।
त्यसअघि प्रधानमन्त्री, सभामुख, उपसभामुख, उपप्रधानमन्त्री, मन्त्री, प्रदेश प्रमुखहरू, न्यायाधीशहरू, लगायत विशिष्ट व्यक्तित्वहरूका लागि आधा घण्टाको समय छुट्याइएको छ।
३ बजेदेखि साढे ३ बजेसम्मको समय छुट्याइएको हो।
पोशाक मर्यादित हुनुपर्ने र एक नम्बर गेटबाट प्रवेश गर्नसकिने कार्यालयले जनाएको छ।