प्रधानन्यायाधीश प्रकाशमान सिंह राउतले पदभार सम्हालेका छन्। आइतबार सर्वोच्च अदालतमा राउतले पदभार सम्हालेका हुन्।
पदभार सम्हाल्नुअघि उनले राष्ट्रपति कार्यालय शितल निवासमा राष्ट्रपति रामचन्द्र पौडेलले पद तथा गोपनियताको शपथ ग्रहण गराएका थिए।
शपथ ग्रहण गरेपछि पदभार सम्हाल्न उनी सर्वोच्च अदालत पुगेका हुन्। राउतलाई सर्वोच्चका कर्मचारीहरूले फुलमालाले स्वागत गरेका थिए।
राउतले वकालतमा ३३ वर्ष र सर्वोच्च अदालतको न्यायाधीशका रूपमा ८ वर्ष बिताएका छन्। न्यायालयमा राउत कम विवादित न्यायाधीशमध्ये पर्छन्। उनको राजनीतिक सम्बन्ध र व्यक्तिगत केही मामिला भने बेलाबेला चर्चामा आइरहन्छन्।
गएको बुधबार उनलाई संसदीय सुनुवाइ विशेष समितिले प्रधानन्यायाधीशका लागि अनुमोदन गरेको थियो।
यो पनि: ३३ वर्ष वकिल र ८ वर्ष सर्वोच्चको न्यायाधीश हुँदै प्रधानन्यायाधीश भएका राउत
तस्बिरहरूः