नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आफूले आह्वान गरेको सर्वदलीय बैठक स्थगित गरेका छन्।
उनले शनिबार बेलुका सर्वदलीय बैठक आह्वान गरेका थिए। बैठक आइतबार बिहान १० बजे माओवादी संसदीय दलको कार्यालय सिंहदरबारमा तय गरिएको थियो।
तर स्थगित गरिएको सूचना उनको सचिवालयले जारी गरेको छ।
‘अध्यक्ष प्रचण्डले अविरल वर्षा, बाढी पहिरो र त्यसबाट उत्पन्न परिस्थितिबारे छलफल गर्न आज बिहान १० बजे बस्ने गरी हिजो राति नै सर्वदलीय बैठकको आह्वान गर्नुभएको थियो। नेपाल सरकारले पहल लिन ढिलाइ गरेको अवस्थामा प्रमुख प्रतिपक्षी दलको नेताको हैसियतले अध्यक्ष प्रचण्डले हिजो राति नै सर्वदलीय बैठक आह्वान गरेको तर अब सरकारले पनि सर्वदलीय बैठक बोलाएकाले छुट्टै बैठक गरिरहन आवश्यक नदेखेर स्थगित गरिएको हो,’ उनका स्वकीय सचिव रमेश मल्लले बताएका छन्।
सरकारले आइतबार दिउँसो १ बजेलाई सर्वदलीय बैठक आह्वान गरेको छ।