प्रधानमन्त्री केपी शर्मा ओली र बंगलादेशका अन्तरिम सरकार प्रमुख मोहम्मद युनुसबीच भेटवार्ता भएको छ।
संयुक्त राष्ट्रसंघको ७९ औं महासभामा भाग लिन अमेरिका पुगेका ओली र युनुसबीच भेटवार्ता भएको हो।
प्रधानमन्त्री ओलीको सचिवालयले दिएको जानकारीअनुसार भेटवार्तामा उनीहरूबीच नेपाल-बंगलादेश आपसी सम्बन्ध, ऊर्जा तथा पारवहन सहयोग लगायतका विभिन्न विषयहरूमा कुराकानी भएको छ।
बंगलादेशमा शेख हसिनाको बहिर्गमनपछि युनुस अन्तरिम सरकार प्रमुख बनेका थिए।
प्रधानमन्त्री ओली असोज ४ गते अमेरिका गएका थिए।