राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले काठमाडौं उपत्यकामा रहेका आफ्ना नेता-कार्यकर्तालाई पार्टी केन्द्रीय कार्यालय वनस्थली आउन निर्देशन दिएको छ।
आइतबार बागमती प्रदेश समितिका सभापति अच्युतम लामिछानेले ह्वाट्स एपमा सन्देश पठाउँदै पार्टी केन्द्रीय कार्यालय आउन निर्देशन दिएका हुन्।
एक नेताले दिएको जानकारी अनुसार पार्टी सभापति रवि लामिछानेसहितका नेता-कार्यकर्ता अहिले वनस्थलीस्थित रास्वपा केन्द्रीय कार्यालयमा छन्।
गोरखा मिडिया नेटवर्क प्रालिका तत्कालीन सञ्चालक रहेका छविलाल जोशी पक्राउ परेपछि सभापति लामिछानेबारे चासो राख्दै नेताहरू केन्द्रीय पार्टी कार्यालय पुगेका हुन्।
‘तत्काल पार्टी केन्द्रीय कार्यालय आउनु भनिएको छ। कारण खुलाइएको छैन,’ एक नेताले सेतोपाटीसँग भने, ‘छविलाल जोशी पक्राउ परेको सूचना आएलगत्तै सभापति लामिछाने पार्टी केन्द्रीय कार्यालय पुग्नुभएको छ।’
गोरखा मिडिया नेटवर्कको तत्कालीन सञ्चालक समिति सदस्य रहेका लामिछाने र जोशीलाई कारबाही गर्न संसदीय छानबिन समितिले सिफारिस गरेको थियो।
सबै तस्बिरहरूः नवीनबाबु गुरूङ/ सेतोपाटी