नेपाली कांग्रेस जिल्ला कार्यसमिति रामेछापमा विवाद देखा परेको छ।
सभापतिसमेत रहेका ऊर्जा, जलस्रोत तथा सिँचाइ राज्यमन्त्री पूर्णबहादुर तामाङ (कान्छाराम) एकलौटी हिसाबले अघि बढेको आरोपसहित सचिव दीपक खड्काले कार्यशैलीमाथि प्रश्न उठाउँदै आइतबार विज्ञप्ति जारी गरेका हुन्।
पछिल्लो समय यही भदौ २४ गते १११ औं बिपी जयन्ती मनाउने विषयमा पनि सभापति तामाङले जिल्ला कार्यसमितिमा छलफलबिनै एकलौटी निर्णय गर्दै परिपत्र गरेको सचिव खड्काको भनाइ छ।
‘सभापतिले एकलौटी ढंगबाट काम गर्ने र सचिवको अधिकारभित्रको कार्यमा हस्तक्षेप गरी अधिवेशनबाट निर्वाचित पदाधिकारीहरूको मर्यादामा समेत असर पार्ने कार्य गरी तानाशाही प्रवृत्तिका साथ अघि बढेकोले उक्त प्रवृत्तिविरूद्ध एकजुट हुनुपर्छ,’ सचिव खड्काले भनेका छन्, ‘सभापतिले तत्काल पार्टी बैठक बसेर समस्या समाधान विषयमा गम्भीर छलफल नगरे बिपी जन्यन्ती कार्यक्रममा विरोध गरिनेछ।’
यस्तो छ विज्ञप्ति: