सुदूरपश्चिम प्रदेशको मुख्यमन्त्रीमा नेपाली कांग्रेस संसदीय दल नेता कमलबहादुर शाहले दाबी पेस गरेका छन्।
प्रदेश प्रमुख नजिर मियाँलाई भेटेर शाहले मुख्यमन्त्रीमा दाबी पेस गरेका हुन्।
नेकपा (एमाले) को समर्थनमा शाहले मुख्यमन्त्रीमा दाबी पेस गरेका हुन्। सुदूरपश्चिममा कांग्रेसका १८ र एमालेका ११ जना सांसद छन्।
सुदूरपश्चिमका मुख्यमन्त्री दीर्घ सोडारीले पदबाट राजीनामा दिएपछि नयाँ सरकार गठनका लागि प्रदेश प्रमुख मियाँले आह्वान गरेका थिए। आइतबार अपराह्न ५ बजेभित्र दाबी पेस गर्न उनले समय दिएका थिए।
यो समय सकिएपछि शाहलाई मुख्यमन्त्रीमा नियुक्त गर्ने तयारीमा प्रदेश प्रमुख कार्यालय छ।
शाह नेतृत्वमा गठन हुने सरकारलाई नागरिक उन्मुक्ति पार्टीले पनि समर्थन गर्ने तयारी गरेको छ।