द कन्भरसेसन
निशा कुसुम पौडेल र रन्जिता पोखरेल सरकारी वकिल बनेको ६ वर्ष पुग्यो।
नेपाल ल क्याम्पसमा सँगै पढेका उनीहरूले लोकसेवा आयोगको परीक्षा दिने बेला मात्र सरकारी वकिल हुने निर्णय गरेका थिए। सँगसँगै परीक्षा दिएर पास पनि भए।
त्यसयता अपराधका घटनामा पीडित तर्फबाट वकालत गर्ने सरकारी वकिलका रूपमा काम गर्न मजा भइरहेको उनीहरू दुवैको अनुभव छ।
अहिले पौडेल उदयपुरका सहायक जिल्ला न्यायाधीवक्ता छन् भने पोखरेल महान्यायाधीवक्ता कार्यालयमा सहायक न्यायाधीवक्ता छन्। सरकारी वकिलमा यो पद शाखा अधिकृत सरह मानिन्छ।
सेतोपाटीको 'द कन्भरसेसन' शृंखलामा उनीहरूले सरकारी वकिलको काम के हो भन्ने बुझाउँदै आफूहरूले विभिन्न जिल्लामा काम गर्दाको अनुभव बाँडेका छन्। महिला सरकारी वकिलका सजिला-अप्ठ्यारा, पीडितलाई न्याय दिलाउने क्रममा आउने कानुनी अड्चन लगायत विषयमा पनि उनीहरूले कुराकानी गरेका छन्।
त्यस्तै, बलात्कारका झूटा मुद्दा बढिरहेका छन् भनेर सामाजिक सञ्जाल र चिया गफदेखि संसदमा समेत कुरा उठ्ने गर्छन्। यस सन्दर्भमा बलात्कारका मुद्दा पढ्ने, पीडितसँग कुरा गर्ने र त्यसबारे बहस गर्ने उनीहरूको अनुभव के छ?
हेर्नुहोस् निशा कुसुम पौडेल र रन्जिता पोखरेलबीचको 'द कन्भरसेसन' भिडिओ —