प्रतिनिधि सभाको आइतबारको बैठक सुरू भएको छ।
सभामुख देवराज घिमिरेले बैठक सुरू गर्नेबित्तिकै नेपाली कांग्रेसका सांसद रामहरि खतिवडाले बोलेका छन्।
उनले उपसभामुख इन्दिरा राना मगरको राजीनामाको माग गरेका छन्। महिला अधिकारसम्बन्धी कार्यक्रममा अमेरिका जाने भनेर केही मानिसहरूलाई उपसभामुखले भिसाका लागि सिफारिस गरेको भन्दै उनले आपत्ति जनाएका छन्।
यसपछि एमाले सांसद रघुजी पन्तले ७० वर्षभन्दा माथिका वृद्धवृद्धालाई राष्ट्रिय परिचय पत्र वितरण गर्न नपर्ने बताए। राष्ट्रिय परिचय पत्र बनाउन वृद्धवृद्धाले धेरै दु:ख पाएको उनको भनाइ छ।
प्रमुख प्रतिपक्षी नेकपा (माओवादी केन्द्र) का सांसद माधव सापकोटाले संवैधानिक परिषदमा अल्पमतमा परेकोले उपसभामुखको कुरा उठेको पनि आरोप लगाएका छन्।
रास्वपा सांसद सुमना श्रेष्ठले उपसभामुखको नामबाट 'मिडिया ट्रायल' भइरहेको बताइन्।
सांसदहरूले बोलेपछि प्रधानमन्त्री केपी शर्मा ओलीले सम्बोधनसहित विश्वास मतको प्रस्ताव पेस गरेका छन्।
लाइभ: