काठमाडौंको नयाँ बानेश्वरमा नेपाली कांग्रेस संसदीय दलको बैठक बसेको छ।
प्रतिनिधि सभाको आइतबारको बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीले विश्वास मतको प्रस्ताव पेस गर्दैछन्।
प्रधानमन्त्रीलाई विश्वास मतबारे छलफल गर्न कांग्रेसले संसदीय दल बैठक गरेको हो।
नेपाली कांग्रेस, नेकपा (एमाले), जनता समाजवादी पार्टी र लोकतान्त्रिक समाजवादी पार्टी मिलेर संघीय सरकार बनाएका हुन्।
प्रधानमन्त्री ओलीले राख्ने विश्वास मतको प्रस्तावका पक्षमा मतदान गर्ने तयारी कांग्रेसको छ।