राष्ट्रिय प्रजातन्त्र पार्टीको संसदीय दलको बैठक बस्दैछ।
सिंहदरबारस्थित संसदीय दलको कार्यालयमा बिहान ११:४५ बजे दलको बैठक बस्ने राप्रपाका प्रवक्ता मोहन श्रेष्ठले जानकारी दिए।
बैठकले प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मतबारे निर्णय गर्नेछ।
प्रधानमन्त्री केपी शर्मा ओलीले विश्वासको मत लिने प्रयोजनका लागि आइतबार दिउँसो १ बजे प्रतिनिधि सभा बैठक बस्ने तय भएको छ।
राप्रपाको निर्देशन समितिले सरकारलाई विश्वासको मत नदिनका लागि शनिबार संसदीय दललाई सुझाव दिएको थियो।
‘अहिले विश्वासको मत दिन उपयुक्त हुँदैन भन्ने सुझाव निर्देशन समितिले दिएको थियो। औपचारिक निर्णय आजको बैठकले गर्छ,’ प्रवक्ता श्रेष्ठले भने।
प्रतिनिधि सभामा राप्रपाको १४ जना सांसद छन्।