बंगलादेशमा आन्दोलनरत विद्यार्थीमाथि भएको हिंसाको विरोधमा काठमाडौंको माइतीघरमा प्रदर्शन भएको छ।
शनिबार नेकपा (एकीकृत समाजवादी) निकट विद्यार्थी संगठन अनेरास्ववियुले प्रदर्शन गरेका हुन्।
बंगलादेशका विद्यार्थीहरूको आन्दोलनमा ऐक्यवद्धता जनाउँदै त्यहाँ विद्यार्थीमाथि भएरहेको हिंसा रोक्न माग गरेका हुन्।
उनीहरूले त्यहाँका विद्यार्थीको पक्षमा विभिन्न नारा उल्लिखित प्लाकार्डसहित प्रदर्शन गरेका हुन्।
बंगलादेश सरकारले सन् १९७१ मा पाकिस्तानसँगको ‘स्वतन्त्रता प्राप्ति’को लडाइँमा सहभागी सैनिकका छोराछोरीलाई सरकारी रोजगारीमा विशेष आरक्षणको व्यवस्था गर्ने नीति ल्याएपछि त्यहाँ दुई साताभन्दा बढीदेखि विद्यार्थीहरू आन्दोलित छन्।
विद्यार्थीहरूको आन्दोलनमाथि प्रहरी र सत्तापक्षका नेताकार्यकर्ताहरूले हस्तक्षेप गर्दा आन्दोलन हिंसात्मक बन्दै गइरहेको छ। अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूले शनिबारसम्म त्यहाँ मृत्यु हुनेको संख्या ३५ पुगेको उल्लेख गरेको छ।
तस्बिरहरूः
सबै तस्बिरः नेपाल फोटो लाइब्रेरी।