एमाले अध्यक्ष केपी शर्मा ओली प्रधानमन्त्री भएपछि विपक्षी कित्तामा पुगेका तीन राजनीतिक दलको बैठक बसेको छ।
माओवादी केन्द्रको संसदीय दलको कार्यालय सिंहदरबारमा बसेको बैठकमा प्रधानमन्त्री ओलीले लिन लागेको विश्वासको मत र त्यसमा आफूहरूको उपस्थितिबारे छलफल भएको नेकपा एकीकृत समाजवादीका नेता राजेन्द्र पाण्डेले जानकारी दिए।
बैठकमा नेकपा माओवादी केन्द्र, राष्ट्रिय स्वतन्त्र पार्टी र नेकपा एकीकृत समाजवादीका शीर्ष नेताहरू सहभागी थिए।
‘प्रधानमन्त्रीलाई विश्वासको मत दिने कि नदिने भन्नेबारेमा निर्णय गर्न त संसदीय दलको बैठक बस्छ। त्यसैले दिने कि नदिने भनेर हामीले छलफल गरेनौं,’ पाण्डेले भने,‘तर अहिले राजनीति जुन ढंगले अघि बढेको छ, त्यसका आधारमा भन्दा कुनै पनि दलले प्रधानमन्त्रीलाई विश्वासको मत दिइँदैन होला।’
बैठकमा प्रधानमन्त्रीले विश्वासको मत माग्दा कसरी प्रतिवाद गर्ने भन्नेबारेमा छलफल भएको उनले बताए। प्रधानमन्त्री केपी शर्मा ओलीले आइतबार प्रतिनिधि सभामा विश्वासको मत माग्दैछन्।
ओली गत असार २८ गते प्रधानमन्त्रीमा नियुक्त भएका थिए।