नेपाल सरकारको महान्यायाधिवक्तामा रमेश बडाल नियुक्त भएका छन्।
राष्ट्रपति रामचन्द्र पौडेलले बुधबार बडाललाई महान्यायाधिवक्तामा नियुक्त गरेका हुन्।
प्रधानमन्त्री केपी शर्मा ओलीले संविधानको धारा १५७ को उपधारा २ बमोजिम बडाललाई महान्यायाधिवक्तामा सिफारिस गरेका थिए।
काठमाडौं महानगरपालिका वडा नम्बर ६ चाबहिल बस्ने वरिष्ठ अधिवक्ता बडाल नेकपा एमालेका कानुन विभाग प्रमुख समेत हुन्।