महान्यायाधिवक्ता दीनमणि पोखरेलले पदबाट राजीनामा दिएका छन्।
उनको राजीनामा स्वीकृतसमेत भएको छ।
राष्ट्रपति रामचन्द्र पौडेलले मंगलबार महान्यायाधिवक्ता पोखरेलको राजीनामा स्वीकृत गरेको राष्ट्रपति कार्यालयकी प्रवक्ता शैलजा रेग्मी भट्टराईले जानकारी दिइन्।
२०७९ पुस १३ गते पोखरेल महान्यायाधिवक्ता नियुक्त भएका थिए। उनलाई पुष्पकमल दाहाल 'प्रचण्ड' नेतृत्वको सरकारले महान्यायाधिवक्ता नियुक्त गरेको थियो।