नवनियुक्त खानेपानी मन्त्री प्रदीप यादवले वर्तमान सरकार लामो समय चल्ने बताएका छन्।
सोमबार पदभार ग्रहण गरेपछि उनले वर्तमान सरकार प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको भएकाले लामो समय चल्ने दाबी गरेका हुन्।
अहिलेको सरकार डबल इन्जिनको सरकार भएको पनि उनले बताए।
‘यो सरकार लामो चल्छ, किनकी यो केपी ओलीको सरकार हो। डबल इन्जिनको सरकार छ। यो इन्जिन एकदम झक्कासले चल्छ। हामी तेस्रो इन्जिनले धक्का दिइरहेका छौँ। यो सरकार आफ्नो अवधिसम्म चल्छ। डबल इन्जिनको सरकारलाई सफल बनाऔँ,’ उनले भने।
उनले सरकारलाई सफल बनाउन मन्त्रालयका सचिव र कर्मचारीलाई आग्रह गरे।
(न्युज एजेन्सी नेपाल)