नवनियुक्त प्रधानमन्त्री केपी शर्मा ओलीले सोमबार बिहान राष्ट्रपति कार्यालय शीतल निवासमा शपथ लिए।
राष्ट्रपति रामचन्द्र पौडेलले प्रधानमन्त्री ओली र २१ जना मन्त्रीहरूलाई शपथ ग्रहण गराएका हुन्।
प्रधानमन्त्री ओलीले शपथ लिने समारोहमा निवर्तमान प्रधानमन्त्री पुष्पकमल दाहाल 'प्रचण्ड' पनि सहभागी रहे। प्रचण्ड प्रधानमन्त्री ओली नजिकैको कुर्सीमा बसेका थिए।
नवनियुक्त प्रधानमन्त्रीले शपथ लिएपछि शपथपत्रमा हस्ताक्षर गर्ने गरिन्छ। शपथ लिएपछि ओली मञ्चमा रहेको कुर्सीमा बसेर शपथ पत्रमा हस्ताक्षर गर्छन्।
जबकी शपथ लिएलगत्तै ओली र दाहालले कुर्सी साटासाट गर्नुपर्ने हो। नयाँ प्रधानमन्त्री ओलीले पहिले आफू बसेकै कुर्सीमा बसेर शपथ पत्रमा हस्ताक्षर गरेपछि समारोहमा केही अलमल देखा परेको थियो।
शपथग्रहण समारोह सञ्चालन गरेका राष्ट्रपति कार्यालयका सचिव डिल्लीराम शर्माले प्रधानमन्त्री ओलीले शपथपत्रमा हस्ताक्षर गरिरहेका बेला 'कुर्सी साटफेर गर्नपर्ने' भनेका थिए।
प्रधानमन्त्रीभन्दा पछि रहेका नेपाली सेनाले प्रधानमन्त्री ओली र प्रचण्डलाई कुर्सी साटफेर गर्न संकेत गरेपछि प्रधानमन्त्री दाहाल र निवर्तमान प्रधानमन्त्री दाहालले कुर्सी साँटफेर गर्छन्।
यसअघि २०७९ पुस ११ मा प्रधानमन्त्री प्रचण्डले शपथ लिएका थिए। त्यसबेला निवर्तमान प्रधानमन्त्री शेरबहादुर देउवाले प्रधानमन्त्री प्रचण्डले शपथ गरेलगत्तै शपथपत्रमा हस्ताक्षर गर्नुअघि कुर्सी साटफेर गरेका थिए।
यो पनि: २२ सदस्यीय मन्त्रिपरिषदमा १० जना नयाँ, दलित शून्य
भिडिओ: