प्रधानमन्त्री केपी शर्मा ओलीले देश र जनताको नाममा शपथ लिइरहँदा उनका बुवा मोहनप्रसाद ओली पनि उपस्थित रहे।
शीतल निवासमा प्रधानमन्त्री र मन्त्रीहरूको शपथ चलिरहँदा मोहनप्रसाद पूर्वप्रधानमन्त्री शेरबहादुर देउवा, बाबुराम भट्टराई, झलनाथ खनाल लगायतसँगै दर्शक दीर्घामा बसेर समारोह हेरिरहेका थिए।
मोहनप्रसाद यसअघि पनि छोरा केपी ओली प्रधानमन्त्री हुँदा शपथ ग्रहणमा काठमाडौं आउने गरेका थिए। ओली २०७२, २०७४ मा प्रधानमन्त्री हुँदा मोहनप्रसाद शपथ ग्रहण समारोहमा थिए।
२०७८ मा प्रधानमन्त्रीबाट बहिर्गमन भएपछि मोहनप्रसाद त्यसको केही समयमा झापा फर्किएका थिए।
९६ वर्षका मोहनप्रसाद त्यहाँ छोराहरूसँग बस्दै आएका छन्। केपी ओली प्रधानमन्त्री भएका बेला उनी केही समय बालुवाटारमा पनि बसेका थिए।
प्रधानमन्त्री ओलीको आमा मधुको भने निधन भइसकेको छ। २००८ सालमा जन्मिएका ओली ७३ वर्ष भएका छन्।