भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले नवनियुक्त प्रधानमन्त्री केपी शर्मा ओलीलाई बधाई दिएका छन्।
सोमबार सामाजिक सञ्जाल एक्स (ट्विटर) मा लेख्दै मोदीले प्रधानमन्त्रीमा नियुक्त भएकोमा बधाई दिएका हुन्।
उनले दुई देशबीचको सम्बन्धलाई थप बलियो बनाउन काम गर्न इच्छुक भएको बताएका छन्।
‘नेपालको प्रधानमन्त्रीमा नियुक्त भएकोमा केपी शर्मा ओलीलाई बधाई छ। दुई देश बीचको मित्रताको गहिरो सम्बन्धलाई सुदृढ बनाउन र जनताको प्रगति र समृद्धिका लागि पारस्परिक लाभकारी सहयोगलाई थप विस्तार गर्न नजिकबाट काम गर्न तयार छौं,’ उनले लेखेका छन्।
राष्ट्रपति रामचन्द्र पौडेलले आइतबार प्रधानमन्त्रीमा केपी शर्मा ओलीलाई नियुक्त गरेका हुन्।