नेपाली कांग्रेसको संस्थापनइतर समूहले चार जना मन्त्रीको नाम पठाएको छ।
नेता शेखर कोइराला र महामन्त्री गगन थापा पक्षले चार जना मन्त्रीको नाम सभापति शेरबहादुर देउवालाई पठाएको हो।
नेता कोइरालाका स्वकीय सचिव दिनेशचन्द्र थपलियाले चार जनाको नाम सोमबार बिहान पठाइएको जानकारी दिए।
सांसदहरू बद्री पाण्डे, प्रदीप पौडेल, रामनाथ अधिकारी र तेजुलाल चौधरीको नाम मन्त्रीका लागि पठाइएको हो। चौधरी युवा तथा खेलकुद मन्त्री बन्ने भएका छन्।
पाण्डे पर्यटन, पौडेल स्वास्थ्य र अधिकारी कृषि मन्त्री बन्नेछन्।