प्रधानमन्त्री पुष्पकमल दाहाल शुक्रबार नै निजी निवास खुमलटार सरेका छन्।
प्रतिनिधि सभामा विश्वासको मत लिएका उनी अल्पमतमा परेपछि प्रधानमन्त्रीबाट बहिर्गमन भएका छन्।
विश्वासको मत नपाएपछि उनले शितलनिवासमा राष्ट्रपतिलाई जानकारी गराउन पुगेका थिए।
राष्ट्रपति रामचन्द्र पौडेलले अर्को सरकार गठन नभएसम्मका लागि पुष्पकमल दाहाल 'प्रचण्ड' नेतृत्वको मन्त्रिपरिषद्लाई कार्य सञ्चालन गर्ने जिम्मेवारी तोकेका छन्।
उनी शितलनिवासबाट सिधै खुमलटार गएका हुन्। खुमलटारमा उनलाई स्थानीयले बाजागाजासहित स्वागत गरेका थिए।
तस्बिरहरू:
सबै तस्बिर: नेपाल फोटो लाइब्रेरी