राष्ट्रपति रामचन्द्र पौडेलले शुक्रबार कानूनविद्हरूसँग परामर्श गरेका छन्।
प्रधानमन्त्री पुष्पकमल दाहालले प्रतिनिधि सभामा राखेको विश्वासको मत सम्बन्धी प्रस्ताव अस्वीकृत भएकाले नयाँ सरकार गठनको संवैधानिक व्यावस्थाका विषयमा राष्ट्रपति पौडेलले संविधान तथा कानूनविद्हरूसँग परामर्श गरेका हुन्।
सो छलफलमा कानूनविद्हरू पूर्णमान शाक्य, विपिन अधिकारी, गाेपालकृष्ण घिमिरे, हरिहर दाहाल, शेरबहादुर केसी, टिकाराम भट्टराई, चन्द्रकान्त ज्ञवाली, सिताराम केसीकाे सहभागिता रहेकाे राष्ट्रपतिकाे सचिवालयले जनाएकाे छ।