सांसद प्रभु साहले नारायणगढ-मुग्लिन सडकमा गएको पहिरो र त्यसमा परी दुइटा बस त्रिशूली नदीमा खसेको घटनाबारे सरकारसँग जवाफ मागेका छन्।
शुक्रबार बिहान प्रतिनिधि सभा बैठकमा बोल्दै आम जनता पार्टीका अध्यक्ष समेत रहेका साहले दुर्घटना भएको ८ घन्टा बितिसक्दा पनि दुर्घटनामा परेको बस र त्यसमा सवार यात्रुबारे नखुलेकाले त्यसबारे सरकारसँग जवाफ मागेका हुन्।
'८ घन्टा भइसक्यो । न दुर्घटना भएको बस पत्ता लागेको छ, न यात्रु। सरकार यति नीरिह र कमजोर बनेको हो ?,' उनले भने।
बसमा सवार यात्रुहरूको खोजी र उद्धारको विषयमा भइरहेको कामहरू प्रधानमन्त्रीले संसदलाई जानकारी गराउन पनि आग्रह गरे।