द कन्भरसेसन
कांग्रेस महामन्त्री गगन थापा, एमाले सचिव योगेश भट्टराई र एकीकृत समाजवादीकी केन्द्रीय सदस्य रामकुमारी झाक्री दोस्रो जनआन्दोलनमा अग्रणी मोर्चामा लडेका युवा नेताहरू हुन्।
दोस्रो जनआन्दोलन (२०६२-६३) बाट उदाएका यी नेताहरूले आमयुवालाई लोकतान्त्रिक नेपालको नयाँ सपना देखाएका थिए।
सेतोपाटीको 'द कन्भरसेसन' शृंखलामा यी तीन नेताले हिजोको सपना, आजको निराशा र भोलिको राजनीतिबारे अन्तरंग कुराकानी गरेका छन्।
उनीहरूले दोस्रो जनआन्दोलनको समय सम्झना गरे। आफूले देखेका र देखाएका सपनाको कुरा गर्दै त्यसलाई पूरा गर्न पार्टीभित्र गरिरहेको लडाइँबारे कुरा गरे। यसका चुनौतीबारे कुरा गरे।
नयाँ पुस्तालाई किन खुसी पार्न सकिएको छैन भन्ने समीक्षा गर्दै नेताहरू सुध्रिनुपर्ने कहाँ हो भन्नेबारे कुरा गरे।
हेर्नुहोस् गगन थापा, रामकुमारी झाक्री र योगेश भट्टराईबीचको 'द कन्भरसेसन' भिडिओः