सहकारी संस्था बचत रकम दुरुपयोग संसदीय छानबिन विशेष समितिले पीडितहरुसँग छलफल गर्ने भएको छ।
सिंहदरबारमा मंगलबार बसेको बैठकले बुधबार (भोलि) पीडितहरूसँग छलफल गर्ने निर्णय गरेको छ।
सहकारीका पीडितहरुसँग प्रतिनिधिमूलक ढंगले छलफल गर्ने निर्णय गरिएको समितिका सभापति सूर्य थापाले जानकारी दिए।
‘भोलि हामीले पीडितका प्रतिनिधिहरूसँग प्रतिनिधिमूलक ढंगले छलफल गर्नेछौं। २९ वटै सहकारी र अरु पनि सहकारीका प्रतिनिधिमूलक पीडितहरुलाई बोलाएका छौं,’ उनले भने, ‘सबै पीडितहरु बोलाएर छलफल गर्न सम्भव हुन्न। हामीले विभिन्न संघर्ष समितिका रुपमा, व्यक्तिगत रुपमा अनेक हिसावले सहकारीबाट पीडित रहेका पीडितहरुको कुरा सुन्ने कार्यक्रम बनाएका छौं।’
विशेष समितिले यसअघि सम्बन्धित निकाय र विज्ञहरुसँग छलफल गरेको थियो।
(न्युज एजेन्सी नेपाल)