सुदूरपश्चिम प्रदेश सरकारबाट नागरिक उन्मुक्ति पार्टीले आफ्ना दुई मन्त्रीलाई फिर्ता बोलाएको छ।
प्रदेश संसदीय दलका नेता घनश्याम चौधरीले दुवै मन्त्रीलाई सरकारबाट फिर्ता बाेलाएकाे जानकारी दिए। उनले सोमबार पत्र काटेरै सरकारबाट फिर्ता हुन निर्देशन दिएको जानकारी दिए।
नागरिक उन्मुक्ति पार्टीबाट सुदूरपश्चिम सरकारमा भाैतिक पूर्वाधार तथा यातायात मन्त्री कैलाश चौधरी छन्। यस्तै, कृषि तथा भूमि सुधार मन्त्री टीका थापा रहेकी छन्।
उनीहरू संसदीय दलकाे निर्णयविरूद्ध सरकारमा गएकोले अहिले फिर्ता हुन पत्र काटेकाे चाैधरीले जानकारी दिए।
फिर्ता बाेलाइएकाे विषयमा मन्त्री कैलाश चाैधरीले पार्टीको आधिकारिक पत्र आफूकहाँ नआएको बताए।