प्रतिनिधि सभा बैठक १५ मिनेटका लागि स्थगित भएको छ।
संसद बैठक सुरू भइसक्दा मन्त्रिपरिषदका कुनैपनि सदस्य उपस्थित नभएपछि सभामुख देवराज घिमिरेले बैठक १५ मिनेटका लागि स्थगित गरेका हुन्।
त्यसअघि प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सांसद रामकृष्ण यादवले मन्त्रिपरिषदका एकजना पनि सदस्य उपस्थित नभएकोबारे सभामुखको ध्यानाकर्षण गराएका थिए।
उनले प्रतिनिधि सभा बैठकमा मन्त्रिपरिषद्का सदस्य उपस्थित हुनुपर्ने व्यवस्था रहेको तर आज कुनैपनि मन्त्री नदेखिएको भनेपछि सभामुखले बैठक १५ मिनेट स्थगित भएको घोषणा गरेका थिए।