इन्जिनियरिङ अध्ययन संस्थान पुल्चोक क्याम्पस र ६ वटा कम्पनीहरूबीच समझदारी पत्र (एमओयू) मा हस्ताक्षर भएको छ।
सो समझदारीअनुसार पुल्चोक क्याम्पसमा पढ्ने २८ जना विद्यार्थीले विभिन्न कम्पनीमा काम गरेअनुसार पारिश्रमिक पाउनेछन्।
नेपाल विद्यार्थी संघ (नेविसंघ) को पहलमा उक्त समझदारी भएको अध्यक्ष दुजाङ शेर्पाले जानकारी दिए। अध्यक्ष शेर्पाका अनुसार इन्टर्न काम गरेबापत २८ जना विद्यार्थीले जनही न्यूनतम मासिक १५ हजार रुपैयाँ पारिश्रमिक पाउनेछन्।
चौधरी ग्रुप, शर्मा कन्स्ट्रक्सन, लामा कन्स्ट्रक्सन, कान्छाराम कन्स्ट्रक्सन, बलियो भेन्चर, टेक्नोक्वेरी कन्सल्टसँग इन्टर्नका लागि समझदारी गरिएको शेर्पाले जानकारी दिए।