नेकपा (एकीकृत समाजवादी) का सम्मानित नेता झलनाथ खनालले भ्रष्टाचारलाई समाप्त गर्ने कुरामा सबैले प्रतिस्पर्धा गर्न आवश्यक रहेको बताएका छन्।
आइतबार पार्टीको राष्ट्रिय महाधिवेशनमा बोल्दै उनले देशबाट शोषणलाई कसरी समाप्त गर्न सकिन्छ, देशको राष्ट्रिय स्वतन्त्रतालाई रक्षा कसरी गर्ने भन्ने कुरामा प्रतिस्पर्धा गर्न आवश्यक रहेको बताए।
उनले देशको सामाजिक आर्थिक रूपान्तरण कसरी हुन्छ? कृषिलाई कसरी अग्रगतितर्फ लैजाने भन्ने बारेमा पनि सोच्न जरूरी रहेको बताए।
उनले देशको शिक्षा र स्वास्थ्यमा धेरै विकृतिहरू रहेको बताए। उनले गम्भीर राष्ट्रिय सवालमा एकताबद्ध भएर अघि बढ्न आवश्यक रहेको बताए।
उनले भने, ‘हामी यो देशमा कसरी भ्रष्टाचारलाई समााप्त गर्न सकिन्छ भन्ने कुरामा प्रतिस्पर्धा गरौं। यो देशबाट शोषणलाई कसरी समाप्त गर्न सकिन्छ, यो देशको राष्ट्रिय स्वतन्त्रतालाई रक्षा गर्ने काममा हामी कसरी प्रतिस्पर्धा गरे अघि बढ्न सक्छौं। यो देशको सामाजिक आर्थिक रूपान्तरण कसरी हुन्छ? कृषिलाई कसरी अग्रगतितर्फ लैजान्छौं।’
उनले अगाडि भने, ‘यो देशलाई राष्ट्रिय औद्योगीकरण कसरी गर्छौं, यो देशको शिक्षा र स्वास्थ्यमा हेर्नुस् यति धेरै विकृतिहरू फैलिएका छन्। यो विकृतिको उरूङलाई कसरी बढार्ने। आज ठूलो समस्या छ। यी कुराहरूको लागि तपाईं हामी प्रतिस्पर्धा गरौं। प्रतिस्पर्धाको साथसाथै मेल पनि गरौं। एकताबद्ध भएर गम्भीर राष्ट्रिय सवालमा एकताबद्ध भएर किन अगाडि बढ्न सक्दैनौं। निश्चय पनि अघि बढ्न सक्छौं।’
सम्मानित नेता खनालले सुखी नेपाली समृद्ध नेपालतिर देशलाई सबै मिलेर अघि लैजानुपर्ने बताए। पार्टीको नयाँ नेतृत्व सकेसम्म एकै आवजका साथ सहमतिबाट गर्ने बताए।—न्युज एजेन्सी नेपाल