रिङरोडको कलंकी-धोबीखोला सडकखण्ड विस्तारको मागसहित नेपाली कांग्रेसका प्रतिनिधि सभा सांसद प्रदीप पौडेलले पैदल यात्रा गरेका छन्।
कलंकी-धोबीखोला सडक विस्तार तुरून्त अघि बढाउन दबाब दिने उद्देश्यले पौडेलले बिहान ७ बजेदेखि पैदलयात्रा गरेक हुन्।
उनको पैदलयात्रामा कार्यकर्ताहरू पनि सहभागी छन्। ‘धुलो-धुवाँ, फोहोर र हिलो जता-तता, सटर बन्द गरी जाउ कता’, ‘कसरी मनाउ राज्यलाई राज्य मान्दैनन्, नागरिकको बोली सुन्दै सुन्दैनन्, राज्यले सुन्ने ‘बिगुल’ म कहाँबाट ल्याउँ’ उल्लेख गरिएको ब्यानरसहित कार्यकर्ताहरू पनि सहभागी थिए।
दबाब यात्रा सुरू बिहान करिब १०:३० बजे धोबीखोला पुग्ने कार्यक्रम छ।
तस्बिरहरूः