नेपाली कांग्रेसको भ्रातृ संगठन तरूण दलले काठमाडौंको बत्तीसपुतलीमा मसाल जुलुस निकालेको छ।
प्रदर्शनकारीहरूले सहकारी प्रकरणमा संसदीय छानबिन समिति गठनको माग गर्दै जुलुस निकालेका हुन्।
यसैगरी उनीहरूले उपप्रधानमन्त्री एवं गृहमन्त्री रवि लामिछानेको राजीनामा पनि माग गरेका छन्।
उपप्रधान तथा गृहमन्त्री रवि लामिछाने सहकारीको बचत अपचलनमा संलग्न रहेको भन्दै कांग्रेसले संसदीय छानबिन समिति गठनको माग गर्दै आएको छ।
तस्बिरहरू: