नेपाली कांग्रेस संसदीय दल बैठक बसेको छ।
काठमाडौंको नयाँ बानेश्वरस्थित संघीय संसद भवनको ल्होत्से हलमा संसदीय दल बैठक बसेको हो।
संसदीय दल बैठकअघि संसदीय दल कार्यसमिति बैठक पनि बसेको थियो।
शुक्रबारदेखि संघीय संसदको बर्खे अधिवेशन सुरू हुँदैछ।
सहकारीमा बचत गरेका लाखौं बचतकर्ताहरूको रकम अपचलन भएको र त्यसमा उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेसमेत जोडिएको भन्दै प्रमुख प्रतिपक्षी कांग्रेसले संसदीय छानबिन समिति गठनको माग गरिरहेको छ।
कांग्रेसले अघिल्लो अधिवेशनमा पनि संसदीय छानबिन समिति गठनको माग गरेको थियो। तर सत्तापक्ष तयार नभएका कारण समिति गठन भएको छैन।
सभामुख देवराज घिमिरेले पनि शीर्ष नेताहरू र प्रमुख सचेतकलगायतसँग पटक-पटक छलफल गरेका थिए। तैपनि सत्ता र प्रतिपक्षीबीच समझदारी बन्न सकेको छैन।
अधिवेशन सुरू हुँदा दलका शीर्ष नेतालाई बोल्न दिने तयारी छ। कांग्रेसले यसअघि गृहमन्त्री लामिछानेलाई रोस्टम प्रयोग गर्नबाट रोकेको थियो।
तस्बिरहरू:
-ink-1715315513.jpeg)
-ink-1715315512.jpeg)
-ink-1715315512.jpeg)
-ink-1715315512.jpeg)
-ink-1715315512.jpeg)
-ink-1715315511.jpeg)
-ink-1715315511.jpeg)
-ink-1715315511.jpeg)
-ink-1715315510.jpeg)
-ink-1715315510.jpeg)
-ink-1715315510.jpeg)
-ink-1715315510.jpeg)
-ink-1715315509.jpeg)
-ink-1715315509.jpeg)
-ink-1715315509.jpeg)
-ink-1715315508.jpeg)
-ink-1715315508.jpeg)
-ink-1715315508.jpeg)
-ink-1715315508.jpeg)
-ink-1715315507.jpeg)
-ink-1715315507.jpeg)
-ink-1715315507.jpeg)
-ink-1715315506.jpeg)
-ink-1715315506.jpeg)
-ink-1715315506.jpeg)
-ink-1715315504.jpeg)
-ink-1715315504.jpeg)
-ink-1715315506.jpeg)
-ink-1715315504.jpeg)
-ink-1715315504.jpeg)
-ink-1715315503.jpeg)
-ink-1715315503.jpeg)