बझाङको प्रदेश सभामा भएको उपनिर्वाचनमा खसेको मत गणना भइरहेको छ।
नेकपा एमालेका उम्मेदवार दमनबहादुर भण्डारीले यहाँ अग्रता लिइरहेका छन्। उनले १११०३ मत ल्याएका छन्।
नेपाली कांग्रेसका उम्मेदवार अभिषेकबहादुर सिंहले भण्डारीलाई पछ्याइरहेका छन्। सिंहले १०७६१ मत ल्याएका छन्। एमालेका भण्डारी ३४२ मतान्तरले अघि छन्।
माओवादीका जनकबहादुर बुढाले ३७९७ र एकीकृत समाजवादीका दिलबहादुर सिंहले २५१० मत ल्याएका छन्। यहाँ सदर मत २८५६८ छ।
२०७९ को चुनावमा गठबन्धन गरेर यहाँ कांग्रेसले जितेको थियो।