इलाम क्षेत्र नम्बर २ को मतगणना जारी छ।
फाकफोकथुम गाउँपालिका वडा नम्बर १, २ र ३ को मत गणना गरिसकिएको छ।
नेपाली कांग्रेसका उम्मेदवार डम्बरबहादुर खड्काले अग्रता कायमै राखेका छन्। उनले १६५८ मत ल्याएका छन्।
कांग्रेसका खड्कालाई नेकपा (एमाले) का उम्मेदवार सुहाङ नेम्वाङले पछ्याइरहेका छन्। नेम्वाङले १६३० मत ल्याएका छन्।
यहाँ स्वतन्त्र उम्मेदवार डकेन्द्र सिंह लिम्बूले ४३० र रास्वपाका उम्मेदवार मिलन लिम्बूले ३०८ मत ल्याएका छन्।
२०७९ मा भएको प्रतिनिधि सभा चुनावमा इलाम २ मा एमाले उम्मेदवार सुवास नेम्वाङले ३० हजार २० मत ल्याएर निर्वाचित भएका थिए भने कांग्रेसका उम्मेदवार डम्बर खड्काले २९ हजार ९ सय ६ मत ल्याएका थिए। त्यसबेला खड्का तत्कालीन सत्ता गठबन्धनबाट साझा उम्मेदवार थिए।