सत्तारूढ नेकपा (एमाले) को  महाधिवेशन प्रतिनिधि परिषद् बैठक जारी छ। 
ललितपुर गोदावरीस्थित सनराइज हलमा अध्यक्ष केपी शर्मा ओलीले परिषद् बैठकको उद्घाटन गरे। 
प्रतिनिधि परिषद् महाधिवेशनपछिको सर्वोच्च निकाय हो। दसौं राष्ट्रिय महाधिवेशनपछि बस्न लागेको बैठकमा दुई हजार ४५४ जना प्रतिनिधि सहभागी हुने भनिएको छ। 
बैठक हलमा प्रवेश गर्नुअघि उनीहरूलाई परिचय पत्र चेकजाँच गरिएको थियो। 
प्रतिनिधिहरूका लागि निः शुल्क स्वास्थ्य जाँच गर्न हेल्थ डेस्क पनि राखिएको छ। 
हलबाहिर राखिएको नेपालको विशाल नक्सा पृष्ठभूमिमा राखेर फोटो खिचाउनेहरू उल्लेख्य थियो। 
आइतबारसम्म चल्ने बैठकमा ६ वटा दस्तावेज प्रस्तुत हुनेछन्।
पार्टी अध्यक्ष केपी शर्मा ओलीले राजनीतिक प्रतिवेदन प्रस्तुत गर्नेछन्। महासचिव शंकर पोखरेलले सांगठानिक प्रतिवेदन प्रस्तुत गर्नेछन्। त्यस्तै अनुशासन, लेखा, निर्वाचन आयोग र केन्द्रीय सल्लाहकार परिषद्ले  पनि छुट्टाछुट्टै दस्तावेज प्रस्तुत गर्ने कार्यसूची रहेको छ।
तस्बिरहरूः
-ink.jpeg)
-ink.jpeg)
-ink.jpeg)
-ink.jpeg)
-ink.jpeg)
-ink.jpeg)
-ink.jpeg)
-ink.jpeg)
-ink.jpeg)
-ink.jpeg)
-ink.jpeg)
-ink.jpeg)
-ink.jpeg)
-ink.jpeg)
-ink.jpeg)
-ink.jpeg)
-ink.jpeg)
-ink.jpeg)
-ink.jpeg)
 
-ink.jpeg)
-ink.jpeg)
 
-ink.jpeg)
-ink.jpeg)
-ink.jpeg)
-ink.jpeg)
-ink.jpeg)
-ink.jpeg)