राष्ट्रिय सभाको राष्ट्रिय सरोकार तथा समन्वय समितिमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँग छलफल जारी छ।
बुधबार दिउँसो समितिको बैठक कक्षमा प्रधानमन्त्री प्रचण्डसँग समिति सदस्यहरूले छलफल गरिरहेका हुन्।
समितिले आफ्नो कार्यक्षेत्र अन्तर्गतका विषयमा भएका छलफल, निर्णय र सरकारलाई दिएका निर्देशन र ध्यानाकर्षण गराएका विषयबारे प्रधानमन्त्री प्रचण्डसँग छलफल भइरहेको हो।
अन्य विविध विषयमा पनि छलफल हुने कार्यतालिका छ।
उक्त समितिको बैठक मंगलबार बस्ने कार्यतालिका थियो। तर विशेष कारणले आजलाई सारिएको थियो।
तस्बिरहरू: