काठमाडौंको माइतीघरमा राखिएको निषेधित क्षेत्रको ब्यानर आरती साहका दाइले जलाउने प्रयास गरेका छन्।
शुक्रबार दिउँसो मृतक आरतीका दाइ प्रेमले धर्ना/प्रदर्शन गर्न नदिएको भन्दै उक्त ब्यानर जलाउने प्रयास गरेका हुन्। उनीसँगै तीन जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ।
उनीहरूले माइतीघरलाई निषेधित क्षेत्र हटाउन माग गरेका छन्।
जिल्ला प्रशासन कार्यालय काठमाडौंले माइतीघरमा निषेधित क्षेत्र तोकेपछि आरती साहसहित प्रदर्शनकारीहरू शान्तिवाटिकामा गएका थिए। 
त्यहाँ धर्ना बस्दै आएका उनीहरूलाई काठमाडौं महानगर प्रहरीले हटाएको थियो। 
शान्तिवाटिकाबाट हटाइएको उनीहरूलाई शुक्रबार बिहान पुन: महानगर प्रहरीले भृकुटीमण्डपमा पठाएको थियो। 
आरती साहलाई न्याय माग गर्दै शुक्रबार नै नेविसंघले त्रिचन्द्र कलेज अगाडि प्रदर्शन गरेको छ। 
तस्बिरहरू:
 
-1708079184.jpg)
-1708079185.jpg)
 
-1708079183.jpg)
-1708079182.jpg)
-1708079182.jpg)
-1708079180.jpg)
-1708079181.jpg)
-1708079178.jpg)
-1708079178.jpg)
-1708079176.jpg)
-1708079176.jpg)
-1708079175.jpg)
-1708079175.jpg)
-1708079173.jpg)
-1708079174.jpg)
-1708079172.jpg)
-1708079172.jpg)