प्रतिनिधि सभाको हिउँदे अधिवेशनको पहिलो बैठक बसेको छ।
सोमबार दिउँसो नयाँ बानेश्वरस्थित संसद भवनमा प्रतिनिधि सभा हिउँदे अधिवेशनको पहिलो बैठक बसेको हो। यो संसदको तेस्रो अधिवेशन पनि हो।
अधिवेशनको सुरूमा सभामुख देवराज घिमिरेले मन्तव्य राख्दै सांसदहरूलाई स्वागत गरेका थिए।
उनले ऐन निर्माणमा संख्यात्मक नतिजा प्राप्त नभएपनि एक वर्षमा पर्याप्त गृहकार्यहरू भएको बताएका छन्।
‘चालू अधिवेशनमा मुलुकलाई आवश्यक कानुन निर्माण गर्न र संसदीय गतिविधिहरूलाई थप प्रभावकारी र व्यवस्थित बनाउने प्रण गर्न जरूरी देखेको छु,’ उनले भने, ‘राष्ट्रका साझा मुद्दाहरूमा संसदमा प्रतिनिधित्व गर्ने राजनीतिक दलहरूको एकतालाई निरन्तरता दिनै पर्छ।’
बैठकमा अर्थमन्त्री प्रकाशशरण महतले ‘आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व (पहिलो संशोधन) अध्यादेश, २०८०’ पेश गरेका थिए।
त्यसपछि कानून, न्याय तथा संसदीय मामिला मन्त्री धनराज गुरूङले मन्त्रिपरिषदको बैठकले निर्णय गरेको बेपत्ता पारिएका व्यक्तिको छानबिन, सत्य निरूपण तथा मेलमिलाप आयोग ऐन, २०७१ को दफा ४२ बमोजिमको बाधा अड्काउ फुकाउ आदेश पेश गरेका थिए।
त्यसलगत्तै सभामुख घिमिरेले बैठक माघ २४ गते बिहान ११ बजेका लागि स्थगित गरेका थिए।
तस्बिरहरू:
-1707130307.jpg)
-1707130307.jpg)
-1707130309.jpg)
-1707130309.jpg)
-1707130308.jpg)
-1707130311.jpg)
-1707130310.jpg)
-1707130312.jpg)
-1707130314.jpg)
-1707130314.jpg)
-1707130313.jpg)
-1707130313.jpg)
-1707130315.jpg)
-1707130318.jpg)
-1707130318.jpg)
-1707130316.jpg)
-1707130319.jpg)
-1707130317.jpg)
-1707130320.jpg)
-1707130316.jpg)
-1707130322.jpg)
-1707130321.jpg)
-1707130319.jpg)
-1707130325.jpg)
-1707130323.jpg)
-1707130324.jpg)
-1707130323.jpg)
-1707130308.jpg)
-1707130312.jpg)