काठमाडौंको बानेश्वरमा नेपाली कांग्रेसको संसदीय दल बैठक सुरू भएको छ।
संघीय संसद भवन नयाँ बानेश्वरस्थित ल्होत्से हलमा शुक्रबार अपराह्न बैठक बसेको हो।
सभापति शेरबहादुर देउवाले माघ २२ गतेदेखि संघीय संसदको दुवै सदन (प्रतिनिधि सभा र राष्ट्रिय सभा) को बैठक सुरू हुने भएकोले विभिन्न विधेयकहरूबारे छलफल गर्न दल बैठक राखेका छन्।
सरकारले संसदमा विभिन्न विधेयक पेश गर्ने तयारी गरेको छ। ती विधेयकहरू लगायत विषयमा कसरी अघि बढ्ने भन्नेबारे कांग्रेसले सांसदहरूसँग छलफल गरेको छ।
तस्बिरहरू: