नेकपा (एकीकृत समाजवादी) को दोस्रो राष्ट्रिय परिषद् बैठक सुरू भएको छ।
कमलादीस्थित नेपाल प्रज्ञा प्रतिष्ठानमा आइतबार दिउँसो बैठक सुरू भएको हो।
उपमहासचिव तथा प्रवक्ता जगन्नाथ खतिवडाका अनुसार बैठक सोमबारसम्म चल्नेछ। बैठकमा देशभरबाट करिब एक हजार प्रतिनिधि सहभागी छन्।
परिषद् बैठक विधान मस्यौदामाथि छलफलमा केन्द्रित छ। एकीकृत समाजवादीले यसअघि सचिवालय, केन्द्रीय कमिटी बैठक राखेर विधान मस्यौदाबारे छलफल गरिसकेको छ।
पार्टीले विधानको मस्यौदा तयार पार्न उपाध्यक्ष बेदुराम भुसालको नेतृत्वमा समिति बनाएको छ। महासचिव घनश्याम भूसाल र उपमहासचिव प्रकाश ज्वाला रहेको समितिले तयार पारेको विधान मस्यौदामा सचिवालय सदस्यहरूले धारणा राख्नेछन्।
सचिवालय सदस्यहरूले केन्द्रीय कमिटीको आकार घटाउनुपर्ने बताएका थिए।
तस्बिरहरू: